PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ताप्लेजुङमा एमालेका योगेश भट्टराईको ९ हजार मतले अग्रता, ५ हजार मत गन्न बाँकी



अनन्तराज न्यौपाने

ताप्लेजुङमा एमालेका योगेश भट्टराईको ९ हजार मतले अग्रता, ५ हजार मत गन्न बाँकी

विराटनगर : ताप्लेजुङमा नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई विजयको स्पष्ट अवस्थामा पुगेका छन्। 

मतगणनाको पछिल्लो परिणामअनुसार सचिव भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका केशवप्रसाद दाहालभन्दा ९ हजार १ सय ४८ मतले अगाडि छन्। अब करिब ५ हजार मत मात्र गणना गर्न बाँकी छ।

हालसम्म योगेशले २२ हजार ५ सय ३९ र दाहालले १३ हजार ३ सय २१ मत पाएका छन्।त्यस्तै प्रदेश सभा ख तर्फ माओवादी केन्द्रका टङ्क आङबोहाङले १२ हजार १ सय ९८ मत प्राप्त गरेर विजयी भइसकेका छन्।

प्रदेश सभा क तर्फ एमालेका बलबहादुर साम्सोहाङले १२ हजार ९ सय ११ र नेपाली काङ्ग्रेसका लीलादेवी बोक्खिमले ९ हजार ४ सय ७ मत प्राप्त गरेका छन्।

योगेश दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट काङ्ग्रेसका भीमसेनदास प्रधानबाट पराजित भएका थिए। निर्वाचनमा केशव स्थापितसमेतको उम्मेदवारीले भट्टराईले पराजयको पीडा सहनु परेको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell