PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

पेट्रोल र डिजलकाे लिटरमा दुर्इ र तीन रुपैयाँ मूल्य बढ्यो, ग्यास सिलिण्डरमा २५ रुपैयाँ मूल्य बढ्यो



पहिलोपोस्ट

पेट्रोल र डिजलकाे लिटरमा दुर्इ र तीन रुपैयाँ मूल्य बढ्यो, ग्यास सिलिण्डरमा २५ रुपैयाँ मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शुक्रबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल,डिजल, मट्टितेल र हवार्इ इन्धनमा  मूल्य प्रतिलिटर २ रुपैयाँ, तीन रुपैयाँ र पाँच रुपैयाँ मूल्य बढाएको हो।

निगमले एलपी ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्य समायोजन गरिएको निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले बताए।

मूल्य समायोजनपछि निगमको घाटा ४० करोडमा झरेको छ।मूल्य समायोजन नगर्दा निगमको घाटा १ अर्ब ६ करोड पुग्ने अनुमान गरिएको थियो।निगमको शुक्रबार बसेको संचालक समिति बैठकले मूल्य बढाउन निगम व्यवस्थापनलार्इ बाटो खोलेको थियो।

चुनावको पूर्वसन्ध्या निगमले मूल्य बढाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका थिए।चुनाबनै प्रभावित पार्न मूल्य बढाइएको भन्दै निगम व्यवस्थापनसँग प्रधानमन्त्री देउवा रुष्ट थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell