PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

ह्याट्रिक जितपछि प्रकाशमानले भने- कांग्रेस कमजोर देखियो, पार्टीमा सुधारको आवश्यकता छ



पहिलोपोस्ट

ह्याट्रिक जितपछि प्रकाशमानले भने- कांग्रेस कमजोर देखियो, पार्टीमा सुधारको आवश्यकता छ

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएपछि कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीमा सुधारको खाँचो रहेको बताएका छन्।

विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रया दिदैं सिंहले देशभर कांग्रेसको परिणाम राम्रो नआएकोले पार्टीमा सुधारको खाँचो रहेको बताएका हुन्।

मत परिणाममा कांग्रेस कमजोर देखियो नि भन्ने प्रश्नको जवाफमा उनले भने, ‘जनताको मत हो, जनताको मतलाई गम्भीर रुपमा ध्यान दिनुपर्छ। पार्टीभित्र सुधारको आवश्यकता देखेको छु।‘

ह्याट्रिक जितसँगै आफूलाई जिताएकोमा सम्पूर्ण मतदातलाई धन्यवाद दिदैं सिंहले आफू देशको विकास र समृद्धिको पक्षमा लाग्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell