PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

ताप्लेजुङमा वाम गठबन्धनको क्लिन स्विप, योगेश १२ हजार मतान्तरले विजयी



अनन्तराज न्यौपाने

ताप्लेजुङमा वाम गठबन्धनको क्लिन स्विप, योगेश १२ हजार मतान्तरले विजयी

विराटनगर :  ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई विजयी भएका छन्।

आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार ६  सय ९१ मतले पछि पार्दै भट्टराई विजयी भएका हुन्। भट्टराईले २९ हजार ४ सय ७९ र दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका छन्।

प्रदेश सभा क मा वाम गठबन्धनबाटै नेकपा एमालेका बलबहादुर साम्सोहाङ १५ हजार ४१७ मत ल्याएर विजयी भएका छन् भने प्रदेश ख मा नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङ १२ हजार १९८ मत प्राप्त गरी विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell