PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नयाँ शक्ति छाडेर माओवादी फर्केका देवेन्द्र पौडेल बागलुङ २ बाट निर्वाचित



पहिलोपोस्ट

नयाँ शक्ति छाडेर माओवादी फर्केका देवेन्द्र पौडेल बागलुङ २ बाट निर्वाचित

काठमाडौं : नयाँ शक्ति पार्टी छाडेर नेकपा माओवादी केन्द्रमा फर्केका देवेन्द्र पौडेल बाग्लुङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनाव लडेका पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई पराजित गरेका हुन्।

पौडेलले २८ हजार ८२७ मत प्राप्त गरेका र पुनले १९ हजार ९०५ मत प्राप्त गरेका निर्वाचन कार्यालय बागलुङले जनाएको छ।

यस क्षेत्रको प्रदेश क मा माओवादीका चन्द्रबहादुर बुढा १७ हजार ४१५ मत ल्याएर विजयी भएका छन् भने प्रदेश ख मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत ल्याएर विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell