PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी



पहिलोपोस्ट

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

काठमाडौं :  रसुवामा नेपाली कांग्रेसका उम्मेदवार माेहन आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आचार्य नेकपा एमालेका पूर्व सभासद जनार्दन ढकाललाई पराजित गर्दै विजयी भएका हुन्। आचार्यले १४ हजार मत प्राप्त गरेका छन्।

औपचारिक घोषणा भने हुन बाँकी रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ। निर्माण व्यवसायीसमेत रहेका आचार्य इन्जिनियर हुन्।

प्रदेश क मा कांग्रेसकै प्रभात लामा विजयी भइसकेका छन्। प्रदेश ख मा लोकतान्त्रिक गठबन्धनबाटै नयाँ शक्तिका प्रेम तामाङ विजयी भएका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। प्रत्यक्षको मतगणना सकिएसँगै समानुपातिक मतगणना थालिएको खनालले जनाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell