PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

काठमाडौंमा एमालेले खाता खोल्यो, क्षेत्र नं ३ मा कृष्ण राई विजयी



पहिलोपोस्ट

काठमाडौंमा एमालेले खाता खोल्यो, क्षेत्र नं ३  मा कृष्ण राई विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका कृष्णबहादुर राई विजयी भएका छन्। 

राई कांग्रेसकी अम्बिका बस्नेतलाई ४ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले १९ हजार १६९ प्राप्त गरेका छन् भने उनका निकटमत प्रतिस्पर्धी बस्नेतले १४ हजार ८८४ मत प्राप्त गरेकी छन्।

यो क्षेत्रमा ३९ हजार ३ मत खसेको निर्वाचन अधिकृत मोना सिंहले जानकारी दिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell