PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

शेखरलाई ६७५ मतले पछि पार्दै मोरङ ६ बाट एमालेका लालबाबु पण्डित विजयी



अनन्तराज न्यौपाने

शेखरलाई ६७५ मतले पछि पार्दै मोरङ ६ बाट एमालेका लालबाबु पण्डित विजयी

विराटनगर :  सामान्य प्रशासन मन्त्री हुँदा विदेशमा पिआर र ग्रिनकार्ड हुने नेपाली नागरिकताको प्रमाणपत्र खारेज गर्ने कानुन बनाएर चर्चित बनेका एमालेका लालबाबु पण्डित मोरङको क्षेत्र नम्बर ६ बाट विजयी भएका छन्।

कोइराला परिवारका प्रभावशाली उम्मेदवार डाक्टर शेखर कोइरालालाई काङ्ग्रेस राजधानी मानिएको मोरङबाट ६ सय ७५ मतले पराजित गर्दै पण्डित विजयी भएका हुन्।

घोषित परिणामअनुसार एमालेका लालबाबुले ३३ हजार ९ सय ४१ र काङ्ग्रेसका कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका छन्।

‘चुनाव प्रचारका बेला म साइकल चढेर हिँड्ने लालबाबुलाई चिन्दिँन भनेर डाक्टर शेखरले भत्रुहुन्थ्यो’, लालबाबुले विजयको घोषणालगत्तै पत्रकारसमक्ष भने, ‘अब म कोइराला निवासमा फोन गरेर डाक्टर साबसित समय माग्छु र लड्डू बोकेर साइकल चढेर उहाँलाई भेट्न जान्छु । अनि भत्रेछु– डाक्टर साब, मै हुँ लालबाबु पण्डित।’

काङ्ग्रेसमा कोइराला परिवारभित्रको वर्चस्वलाई हत्याउन तम्सिएका शेखरलाई चुनाव प्रचारताका पार्टीको आगामी सभापति र सरकारको प्रधानमन्त्री भत्रे सम्मको उपाधि उनका समर्थक कार्यकर्ताले दिएका थिए।

कोइराला २०६४ को पहिलो संविधान सभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारबाट यही क्षेत्रमा पराजित भएका थिए । यसको लगत्तै सोही क्षेत्रमा भएको उपनिर्वाचन र दोस्रो संविधान सभा २०७० मा गरी लगातार २ पटक उनी विजयी भए।

विचार, दृष्टिकोण र अडानको राजनीति खिइँदै गएको भनिने नेपाली काङ्ग्रेस पार्टीमा डाक्टर शेखर राजनीतिक अडान राख्नसक्ने र विचार पनि दिन सक्ने नेता कहलिन्छन्।

पञ्चायतकालमा जन्मथलो सर्लाहीबाट भूमिगत मालेको राजनीति गर्न मोरङ आएका लालबाबुले आफ्नो स्थायी वास विराटनगरलाई नै बनाएका छन्।

पण्डित अहिले सोही पार्टीको पोलिटव्युरो सदस्य छन्। उनी २०४८ र २०५६ को आमचुनावमा मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा विजयी भएका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell