PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हेभिवेट उम्मेदवार जसले पराजय भोगे



पहिलोपोस्ट

हेभिवेट उम्मेदवार जसले पराजय भोगे

काठमाडौं: मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। निर्वाचनमा केही हेविवेट उम्मेदवारले पराजय भागेको छन्। कतिपयमा तीव्र प्रतिस्पर्धा भइरहेको छ।


नाति जर्नेलको हारमा ह्याट्रिक

सिन्धुपाल्चोक २ बाट पशुपति शमशेर राणा तेस्रो पटक पराजित भएका छन्। राणलाई पराजित गर्दै एमाले उम्मेदवार शेरबहादुर तामाङ विजयी भए। तामाङले राणालाई यो समेत दोस्रो पटक पराजित गरेका हुन्। आठ हजार मतान्तरले तामाङ विजयी भएका हुन्।

यस्तै सिन्धुपाल्चोक १ मा बाहलवाला सञ्चारमन्त्री मोहनबहादुर बस्नेत पराजित भएका छन्। पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले बस्नेतलाई पराजित गरेका हुन्। १० हजार ७०६ मतान्तरले सापकोटाले बस्नेतलाई पराजित गरेका हुन्।


कोइरालाको विरासतमा वाम झण्डा

सामान्य प्रशासनमन्त्री हुँदा निजामति सेवा ऐन संशोधन गरी कर्मचारीले लिने विदेशको स्थायी आवास अनुमतिमा कडाई गरेपछि एकाएक चर्चामा आएका हुन् लालबावु पण्डित। सर्लाहीमा जन्मिएका उनै पण्डितले मोरङको भूगोलमा विरासतको राजनीति गर्दै आएका शेखर कोइरालालाई पराजित गरेका हुन्। कोइराला परिवारको विरासत मानिने मोरङमा वाम दलले झण्डा फहराएका हुन्।


गगनले मारे बाजी

काठमाडौँ ४ मा निकै रोचक प्रतिस्पर्धाबीच कांग्रेका गगनकुमार थापा विजयी भएका छन्। एमालेका राजनकुमार भट्टराईलाई ३४ सय मतान्तरले पराजित गर्दै थापा विजयी भएका हुन्।


प्रकाशमानको बाजी

निकै रोचक प्रतिस्पर्धाबीच काठमाडौँ १ मा प्रकाशमान सिंह विजयी भएका छन्। विवेकशील साझा पार्टी रवीन्द्र मिश्रलाई ८१८ मतान्तरले पराजित गर्दै सिंह विजयी भएका छन्। मिश्रले १० हजार ११८ मत पाएका छन्। यस्तै, काठमाडौँ ३ एमालेका कृष्णकुमार राई विजयी भएका छन्। 


नवीन्द्र र ध्यानगोविन्दसँग वामको बदला

काठमाडौँ ८ मा निरन्तर जित हासिल गर्दै आएका कांग्रेसका नवीन्द्रराज जोशी पराजित भएका छन्। यसअघि जोशीसँग पराजित एमालेका जीवनराम श्रेष्ठले नै जोशीलाई पराजित गरेका हुन्। जीवनरामले १३ हजार ३९७ मत पाए। जोशीले १२ हजार ९५३ मत पाएका छन्।

काठमाडौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। ध्यानगोविन्द रञ्जितसँग दुई पटक पराजित श्रेष्ठले तेस्रो पटकमा बदला लिएका हुन्। श्रेष्ठ दुईपटकको संविधानसभा निर्वाचनमा तेस्रो पटक पराजित भएका श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले २२ हजार ८५२ मत पाएका छन्। रञ्जितले १४ हजार ८०२ मत पाएका छन्।


भानुक्तसँग हारे सुनील

एमाले संसदीय दलका प्रमुख सचेतक रहेका भानुभक्त ढकाल मोरङ ३ बाट विजयी भएका छन्। नोवेल मेडिकल कलेज सञ्चालक रहेका कांग्रेस उम्मेदवार सुनील शर्मालाई पराजित गर्दै ढकाल विजयी भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell