PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वामको कब्जामा धादिङ, भुमि त्रिपाठी २७ हजार १५३ मतान्तरले विजयी



पहिलोपोस्ट

वामको कब्जामा धादिङ, भुमि त्रिपाठी २७ हजार १५३ मतान्तरले विजयी

काठमाडौं : धादिङमा एमालेका भूमि त्रिपाठी अहलेसम्मकै फराकिलो मतअन्तरमा विजयी भएका छन्। जिल्ला अध्यक्ष समेत रहेका त्रिपाठीले नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गरे।

वाम गठबन्धनका उम्मेदवार बनेका त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गरे।

यसैगरी धादिङ २ मा पनि एमालेकै खेम लोहनीले कांग्रेसमा दिलमान पाख्रिनलाई ६ सय ४० मतान्तरले पराजित गरे। खेल लोहनीले ३६ हजार २ सय ५६ मत प्राप्त गरे भने पाख्रिनले ३५ हजार ६ सय १६ मत पाए।

यसअघि धादिङ १ को प्रदेश क र ख मा पनि वाम गठबन्धन विजयी भएको थियो।

यस्तै धादिङ क्षेत्र नम्वर २ को प्रदेश क मा वाम गठबन्धनकै उम्मेदवार एमालेका राम कुमार अधिकारी विजयी भएका छन्। अधिकारीले २० हजार ३ सय ३८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रमेश धमलाले १९ हजार १८ मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell