PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

को हुन् भूमि त्रिपाठी?, जसले प्रतिनिधिसभामा अहिलेसम्मकै फराकिलो अन्तरको जित हासिल गरे



पहिलोपोस्ट

को हुन् भूमि त्रिपाठी?, जसले प्रतिनिधिसभामा अहिलेसम्मकै फराकिलो अन्तरको जित हासिल गरे

काठमाडौं: नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका भूमि त्रिपाठी सवैभन्दा फराकिलो अन्तरले विजयी हुँदै धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीले नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १५३ मत अन्तरले पराजित गरे।

वाम गठबन्धनबाट उम्मेदवार त्रिपाठीले ४९ हजार १२१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९६८ मत प्राप्त गरे।

गजुरीको तत्कालीन आदर्श माध्यमिक विद्यालयमा रहदा उनले २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका थिए। काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियुमै सक्रिय रहेका त्रिपाठीले नेपाल ल क्याम्पसको स्ववियु सचिव समेत बनेका थिए।

२०५४ मा पार्टी विभाजन भएपछि त्रिपाठी धादिङ फर्केर सक्रिय राजनीतिमा लागेका थिए। २०५४ सालमा नेकपा एमालेको सदस्य भएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव र त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष बनेका हुन्।

धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखुमा जन्मेका त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell