PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

दार्चुलामा वाम गठबन्धनको क्लिनस्विप



पहिलोपोस्ट

दार्चुलामा वाम गठबन्धनको क्लिनस्विप

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत दार्चुला जिल्लामा वाम गठबन्धनले क्लिन स्विप गरेका छन्। दार्चुलाको प्रतिनिधि तथा प्रदेश सभामा वाम गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन्।

एक मा प्रतिनिधि सभा क्षेत्र रहेको दार्चुलामा एमालेका गणेश सिंह ठकुन्ना विजयी भएका छन्। ठकुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दि विक्रम सिंह धानी २२ हजार २ सय ३३ मत ल्याए।

त्यसैगरी दार्चुला प्रदेश सभा क मा गेल्बु सिंह बोहरा विजयी भएका छन्। उनी १६ हजार सय ७३ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्धि नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत ल्याए।

दार्चुला प्रदेश सभा ख मा वाम गठबन्धनका उम्मेद्वार मान बहादुर धामी विजय भएका छन्। उनले १२ हजार ९ सय ५६ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका जगदिश पाल ९ हजार ५ सय ९८ मत ल्याएर पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell