PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

शंकर पोखरेल झण्डै १० हजार मतान्तरले विजयी, बन्लान त मुख्यमन्त्री?



चन्द्रकान्त खनाल

शंकर पोखरेल झण्डै १० हजार मतान्तरले विजयी, बन्लान त मुख्यमन्त्री?

काठमाडौँ: एमाले नेता शंकर पोखरेल दाङ क्षेत्र नं २ को प्रदेश क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। यसअघि संविधानसभा सदस्य निर्वाचनमा पराजित पोखरेल प्रदेशसभामा विजयी भएका हुन्। 

पोखरेलले २० हजार ७२३ मत पाए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत पाए।

दाङ २ को टिकटमा माओवादीका कृष्णबहादुर महरा र पोखरेलबीच विवाद भएपछि पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार निश्चित गरी प्रदेशमा चुनाव लड्न मनाइएको थियो। सम्भवतः प्रदेश ५ को वाम गठबन्धनको मुख्यमन्त्रीको उम्मेदवार पोखरेल नै हुनेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell