PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पर्वतमा वाम गठबन्धनको अग्रता



पहिलोपोस्ट

पर्वतमा वाम गठबन्धनको अग्रता

पोखरा : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत दोस्रो चरणमा निर्वाचन भएको पर्वतमा मतगणनाको पछिल्लो विवरण अनुसार वाम गठबन्धनले अग्रता लिएको छ।

१ प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्यको रहेको पर्वतमा प्रतिनिधि सभाको १ र १ प्रदेश सभामा वाम गठबन्धन अगाडि देखिएको छ भने एउटा प्रदेश सभामा कांग्रेसका उम्मेदवार अगाडी छन्।

प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार बनेका एमालेका पदम गिरीले अग्रता लिएका छन्। उनले १४ हजार १ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका अर्जुन जोशीले १० हजार ३ सय १६ मत पाएका छन्।

त्यसैगरी प्रदेश सभा क मा गठबन्धनका उम्मेदवार बनेका माओवादीका नेत्र अधिकारीले ६ हजार २ सय २७ मत प्राप्तगरेका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका नबराज गुरुङले ५ हजार ८ सय २७ मत ल्याएका छन्।

प्रदेश ख मा कांग्रेसका राजेन्द्र प्रसाद तिवारीले ५ हजार ८ सय ८४ मत ल्याएर अग्रता लिएका छन्। गठबन्धनतर्फका उम्मेदवार बिकास लम्सालले ५ हजार ६ सय ८४ मत प्राप्त गरेका छन्।

अहिलेसम्म गणना २५ हजार ९ सय १७ मत मध्ये उक्त नतिजा सार्वजनिक गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell