PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कास्कीको तीन वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता



पहिलोपोस्ट

कास्कीको तीन वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता

कास्की : कास्की जिल्लाको तीन वटै निर्वाचन क्षेत्र वाम गठन्धनले अग्रता लिएको छ। तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्य रहेको कास्कीमा प्रारम्भिक मतगणनामा वाम गठबन्धन अगाडि देखिएको छ।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार कास्की क्षेत्र नंम्वर १ बाट एमालेका खगराज अधिकारीले अग्रता लिएका छन्। उनले १४ हजार ८८ मत ल्याएका छन भने उनका निकट्तम प्रतिद्धन्दी कांग्रेसका उमेदवार एवं कानुन मन्त्री यज्ञ बहादुर थापाले ९ हजार २ सय ३५ मत प्राप्त गरेका छन्। त्यस्तै फोरम नेपालका मानबहादुर गुरुङले ५ सय १२ र स्वतन्त्रबाट दिपक पौडेलले ३ सय १४ मत पाएका छन।

त्यसैगरी कास्की क्षेत्र नम्वर २ बाट एमालेका उमेदवार रविन्द्र अधिकारीले १५ हजार ६ सय ४३ मत पाएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका देवराज चालिसेले १० हजार ७ सय ७७ मत पाएका छन्। त्यसैगरी कास्की ३ मा पनि गठबन्धनका जगत विश्वकर्माले ११ हजारा ७ सय ३७ मत ल्याउँदा कांग्रेस उम्मेदवार शुक्रराज शर्माले ९ हजार ५ सय ९३ मत ल्याएका छन्।

प्रदेशतर्फ क्षेत्र नम्वर १ को प्रदेश क मा गठबन्धनका उमेदवार दिपक कोइराला ८ हजार १ सय २६ मत ल्याएका छन भने उनका प्रतिद्धन्दी कांग्रेसका जिवन परियारले ६ हजार ६ सय ५४ मत ल्याएका छन्। प्रदेश ख मा गठबन्धनका मनबहादु गुरुङ ८ हजार ८ सय ३८ मत पाएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका कृष्ण केसी ७ हजार १ सय ८१ मत पाएका छन्।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्वर २ अन्तर्गतको प्रदेश क का एमाले उमेदवार कृष्ण थापाले ८ हजार २ सय ०२ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्धन्दी कांग्रेसका गुरु बराल ४ हजार ९४ मत पाएका छन्। प्रदेश ख मा गठबन्धको तर्फबाट माओवादी केन्द्रका राजकाजी गुरुङ ५ हजार ८ सय ९१ मत ल्याएका छन्। उनका प्रतिद्धन्दी कांग्रेसका विन्दु कुमार थापाले ६ हजार ७ सय २१ मत ल्याएका छन्।

त्यसैगरी क्षेत्र नम्वर ३ को प्रदेश सभाको क बाट माओवादीका रामजीप्रसाद बरालले ३ हजार ५ सय १६ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका शारदा पौडेलले २ हजार ७ सय १० मत ल्याएकी छन्। प्रदेश ख मा एमालेका राजिब पहारी ४ हजार १ सय ९८ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका भोजबहादुर गुरुङले ३ हजार २ सय २६ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell