PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यी हुन् वाम गठबन्धनले 'क्लिन स्विप' गरेका जिल्लाहरु



पहिलोपोस्ट

यी हुन् वाम गठबन्धनले 'क्लिन स्विप' गरेका जिल्लाहरु

काठमाडौं : मत गणनाको नतिजा सार्वजानिक भइरहँदा धादिङ, मुस्ताङ, म्याग्दी, बझाङ र दार्चुला जिल्लामा वाम गठबन्धनले क्लिन स्विप गरेको छ। 

क्लिन स्विप धादिङ

धादिङको प्रतिनिधि सभा १ मा नेकपा एमालेका भूमि त्रिपाठी ४१ हजार १ सय २१ मत ल्याएर ठूलो मतान्तरले विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रसका विश्व प्रसाद अर्यालले २१ हजार ९ सय २८ मतमात्र ल्याए।

प्रतिनिधि सभा धादिङ २ मा पनि एमालेकै खेम लोहनीले कांग्रेसमा दिलमान पाख्रिनलाई ६ सय ४० मतान्तरले पराजित गरे। खेम लोहनीले ३६ हजार २ सय ५६ मत प्राप्त गरे भने पाख्रिनले ३५ हजार ६ सय १६ मत पाए।
यस्तै धादिङ क्षेत्र नम्बर २ को प्रदेश क मा वाम गठबन्धनकै उम्मेदवार एमालेका राम कुमार अधिकारी विजयी भए। अधिकारीले २० हजार ३ सय ३८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमलाले १९ हजार १८ मत पाए।

धादिङ क्षेत्र नम्बर एकको प्रदेशसभा क मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३१ मत प्राप्त गरी विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका मधुकुमार श्रेष्ठ १३ हजार ६ सय ४७ मत प्राप्त गरी पराजित भए। 

यसैगरी सोही क्षेत्रको प्रदेशसभा ख मा वाम गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल २३ हजार ३ सय ८२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत प्राप्त गरेका छन्।

क्लिन स्विप मुस्ताङ

मुस्ताङमा सबै नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन्। प्रेम प्रसाद तुलाचन मुस्ताङको प्रतिनिधि सभामा ३४ सय ४४ मत ल्याएर विजयी भए।

प्रदेशसभा क'मा एमालेकै इन्द्र धारा विष्ट विजयी भए। उनले एक हजार १ सय ६७ मत पाए। प्रदेश ख मा एमालेका महेन्द्र बहादुर थकाली विजयी भए। थकालीले दुई हजार ५ सय ८४ मत पाए।

क्लिन स्विप म्याग्दी

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भए। उनले २३ हजार ३ सय ८ मत ल्याए। थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० प्राप्त गरे।

त्यसैगरी प्रदेश सभा सदस्यमा क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बिनोद केसी १४ हजार ७ सय ४ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १ सय ७५ मत प्राप्त गरे।

प्रदेश सभा सदस्यमा प्रदेशको क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार नरदेवी पुनले १० हजार ८ सय ७२ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमलाल फगामीले ७ हजार ९ सय ९० मत प्राप्त गरे।

क्लिन स्विप बझाङ

प्रदेश ७ को बझाङमा प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भैरव बहादु सिंह विजयी भए। उनले नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित गरे। विजयी उम्मेदवार नेकपा एमालेका भैरवले ३४ हजार ६ सय १२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी पृथ्वीले २६ हजार ९ सय १० मत ल्याए।

बझाङकै प्रदेश सभा क मा नेकपा एमालेका अर्जुन बहादुर १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्रदेवी जोशीले १३ हजार १ सय ९९ मत ल्याए।

बझाङ प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत प्राप्त प्राप्त गरे।


क्लिन स्विप दार्चुला

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दार्चुलामा एमालेका गणेश सिंह ठकुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी विक्रम सिंह धामीले २२ हजार २ सय ३३ मत ल्याए।

त्यसैगरी दार्चुला प्रदेश सभा क मा गेल्बु सिंह बोहरा १६ हजार ७३ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत ल्याए।

दार्चुला प्रदेश सभा ख मा वाम गठबन्धनका उम्मेद्वार मानबहादुर धामी १२ हजार ९ सय ५६ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगदीश पाल ९ हजार ५ सय ९८ मत ल्याएर पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell