PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

मनाङको समानुपातिक मत सार्वजनिक, कुन दलले कति मत प्राप्त गरे?



पहिलोपोस्ट

मनाङको समानुपातिक मत सार्वजनिक, कुन दलले कति मत प्राप्त गरे?

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी रहदा सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङबाट भने समानुपातिकतर्फको नतिजा समेत सार्वजनिक भइरहेको छ।

मनाङ जिल्लाको मुख्य निर्वाचन अधिकृत दीपक ढकालका अनुसार समानुपातिकको सबै मत गणना भइसकको र घोषणा हुन भने बाँकी रहेको छ।

उनका अनुसार मनाङमा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ १९४६ तथा प्रदेश सभातर्फ १९ सय मत प्राप्त गरेको छ।

यस्तै नेकपा एमालेले प्रतिनिधि सभातर्फ ५२३ तथा प्रदेशतर्फ ५०८ मत प्राप्त गरेका छन्। नेकपा माओवादीले प्रतिनिधितर्फ १४३० तथा प्रदेशतर्फ १३८६ मत प्राप्त गरेको छ।

यसैगरी राप्रपाले प्रतिनिधितर्फ ४४ तथा प्रदेशतर्फ ४२ तथा राप्रपा प्रजातान्त्रिकले प्रतिनिधितर्फ ९३ तथा प्रदेशतर्फ १७१ मत प्राप्त गरेका छन्।

नेकपा कम्युनिष्ट पार्टी संयुक्तले प्रतिनिधितर्फ ७० तथा प्रदेशतर्फ ५५ मत प्राप्त गरेको छ। नेकपा मालेले प्रतिनिधितर्फ ३८ तथा प्रदेशतर्फ ३५ मत प्राप्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell