PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

को हुन् पार्वत गुरुङ? जसले दोलखामा ३० हजार मतान्तरको जित हासिल गरे



पहिलोपोस्ट

को हुन् पार्वत गुरुङ? जसले दोलखामा ३० हजार मतान्तरको जित हासिल गरे
गुरुङको फेसबुकबाट

काठमाडौँ: दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमालेका पार्वत गुरुङ विजयी भएका छन्। निकतम प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर खड्कालाई भारी मतान्तरले पराजित गर्दै गुरुङ लगातार दोस्रो पटक केन्द्रीय संसद् सदस्यमा चुनिएका हुन्। 

गुरुङले कुल सदर मतमध्ये ५५ हजार ९५४ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाए। गुरुङ र खड्काको मतान्तर ३० हजार १५३ रहेको छ। यो मतान्तर जारी मतगणनाको सवैभन्दा ठूलो अन्तर हो। 

दोलखाको उत्तरी भूभाग गौरीशंकर गाउँपालिका २ सुरीमा जन्मिएका गुरुङ एमालेका जिल्ला इञ्चार्ज हुन्। २०२५ सालमा सुरीमा जन्मिएका गुरुङ अनेरास्ववियुको राजनीतिबाट वाम राजनीतिमा आवद्ध भएका थिए। एमाले जिल्ला अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य छन्। 

स्नातकसम्म अध्ययन गरेका गुरुङ ०७० मा दोलखा १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। 

वामपन्थीको पकड रहेको दोलखामा ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका भीमबहादुर तामाङ बाहेक अरुले जित हासिल गर्न सकेका छैनन्। ०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा दुवै क्षेत्र माओवादीले जितेको थियो। त्यसबाहेक स्थानीय तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले हावी हुँदै आएको जिल्ला हो। 

एक लाख ४७ हजार मतदाता रहेको दोलखामा ८८ हजार मत खसेको थियो। जसमध्ये पार्वतले ६२ प्रतिशत मत पाएका छन्।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell