PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गोरखा २ मा सुरक्षित बन्दै बाबुराम भट्टराई



पहिलोपोस्ट

गोरखा २ मा सुरक्षित बन्दै बाबुराम भट्टराई

काठमाडौं : सबैभन्दा रोचकमध्येको एक गोरखा २ नम्बरबाट प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराई सुरक्षित हुने देखिएको छ। १० हजार मत गन्नुअघि नै नयाँ शक्ति नेपालका कार्यकर्ताहरु जितको माहोलमा उत्रिएका छन्। 

१० हजार मत गन्न बाँकी रहँदा बाबुराम भट्टराईले ४ हजार २१ मतको अग्रता कायम राखेका छन्। हिजो राति ११ बजेसम्म नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजीले कायम राखेको अग्रतालाई पछि पार्दै त्यसपछिका गणनामा लगातार रुपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लिड कायम राखेका छन्।

६० हजार १ सय ९ मत खसेको गोरखा २ मा बाबुराम भट्टराईले २४ हजार ३ सय ३ मत ल्याइसकेका छन्। नारायणकाजी श्रेष्ठले २० हजार २ सय ७२ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। अब गन्न बाँकी रहेको सिरानचोक लगायतका क्षेत्रमा बाबुरामको पकड बलियो मानिन्छ। यसआधारमा पनि बाबुराम भट्टराईको गोरखा २ मा सुरक्षित अवतरण हुने सम्भावना बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell