PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

शनिबारदेखि नेपालमा पनि 'मर्डर अन द ओरियन्ट एक्सप्रेस' रिलिज



पहिलोपोस्ट

शनिबारदेखि नेपालमा पनि 'मर्डर अन द ओरियन्ट एक्सप्रेस' रिलिज

शुक्रबार विश्वभर एकसाथ रिलिज भएको फिल्म 'मर्डर अन द ओरियन्ट एक्सप्रेस' नेपालमा भने शनिबारबाट सार्वजनिक गरियो। केथेन ब्रनगको निर्देशन रहेको फिल्ममा हलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरुको अभिनय रहेको छ।

केथेन ब्रनग, जोनी डिप, पेनेलोप क्रुज, जुडी डेन्च आदी एउटै पर्दामा देखिन लागेका हुन्। ओरियन्ट एक्सप्रेस रेलको एक यात्रुको हत्या हुन्छ। उनको हत्याको रहस्यले सम्पुर्ण फिल्मको कथा बुन्छ। अमेरिकी लेखक अगाथा क्रिस्टीले लेखेको जासुसी उपन्यासमाथि फिल्म बनेको हो।

दुई घण्टा लामो फिल्मले सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा पनि सो पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell