PahiloPost

Jun 15, 2025 | १ असार २०८२

मोरङमा काङ्ग्रेसको बीउ जोगाए डाक्टर मीनेन्द्रले



अनन्तराज न्यौपाने

मोरङमा काङ्ग्रेसको बीउ जोगाए डाक्टर मीनेन्द्रले

विराटनगर : काङ्ग्रेस राजधानी भनिने मोरङका ६ मध्ये क्षेत्र नम्बर २ मा १ स्थानबाट जितेर केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले जिल्लामा काङ्ग्रेसको बीउ जोगाएका छन्।

मोरङमा क्षेत्र नम्बर २ बाहेकका ५ वटै क्षेत्रमा वाम गठबन्धन समर्थित आकांक्षी विजयी भए पनि रिजालले आफ्नो पार्टीको गुमेको विरासत फर्काएका छन्।

यस क्षेत्रमा काङ्ग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाले २०४८, ५१ र ५६ को निर्वाचन जितेका थिए। त्यसबेला ३ वटै निर्वाचन सुनसरी–५ बाट समेत विजयी गिरिजाले ५१ र ५६ मा मोरङबाट राजिनामा दिएर नेता आमोदप्रसाद उपाध्यायलाई टिकट दिएका थिए। दुवै उपनिर्वाचनमा आमोद विजयी भए।

नातामा काङ्ग्रेस नेतृ स्वर्गीय नोना कोइरालाका बहिने ज्वाँइ पर्ने उपाध्याय गिरिजाका भित्रिया सल्लाहकारमध्ये एक थिए।

पहिलो संविधान सभा २०६४ मा मोरङमा ९ वटा निर्वाचन क्षेत्र थिए। उक्त चुनावमा मोरङका ८ क्षेत्रमा काङ्ग्रेसले हात धुनुपर्दा उपाध्याय विजयी भएर काङ्ग्रेसको इज्जत धानेका थिए।

उपाध्यायले झैँ १० वर्षपछि डाक्टर मीनेन्द्रले काङ्ग्रेसको बीउ जोगाएका हुन्।

दोसो संविधानसभा २०७० को मत परिणाम भने उपाध्यायका पक्षमा भएन। उक्त चुनावमा एमालेका ऋषिकेश पोखरेल विजयी भएका थिए।
उनै ऋषिकेशलाई डाक्टर मीनेन्द्रले १ हजार ८ सय ५ मतको अन्तरले हराएका हुन्।

रिजालले ३५ हजार ८  सय १९  र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४  मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell