PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

'टेम्पर' रिमेक 'सिम्बा'मा आलिया भट्ट र रणबिर सिंह



पहिलोपोस्ट

'टेम्पर' रिमेक 'सिम्बा'मा आलिया भट्ट र रणबिर सिंह

बलिउड फिल्म 'पद्मावती' रिलिजमा ढिलाई भएपछि रणबिर सिंहका फ्यानले सामाजिक सञ्जालमा असंतुष्टी पोख्ने क्रम जारी छ। तर पोस्टरसहित फिल्म 'सिम्बा'को घोषणाले रणबिर फ्यानलाई केही खुशी तुल्यायो।

फिल्म तेलुगु हिट फिल्म 'टेम्पर'को रिमेक हो। फिल्मको औपचारिक घोषणा अभिनेत्रीको नाम भने सार्वजनिक गरिएको थिएन। यसैबिच फिल्ममा रणबिरको अपोजिटमा आलिया भट्ट रहने भएकी छिन्। बलिउड समीक्षक एवं बिक्रेता तरण आदर्शले आलिया सिम्बाको लागि अभिनेत्री रहने बारे खबर सार्वजनिक गरेका हुन्। यो जोडी जोया अख्तरको नयाँ फिल्म 'गुली ब्वाइ'मा पनि अनुबन्धित छन्। त्यसैले सिम्बा यी दुईको एकसाथ दोस्रो फिल्म हुनेछ।

आलियाले सिम्बा साइन गरिन् भने उनको यो १४ औं फिल्म हुनेछ। र करण जौहरसँगको १० औं फिल्म। सिम्बालाई रोहित सेट्ठीले निर्देशन गर्दैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell