PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कास्की २ को प्रदेशसभा 'ख'मा कांग्रेसका थापा विजयी



पहिलोपोस्ट

कास्की २ को प्रदेशसभा 'ख'मा कांग्रेसका थापा विजयी

पोखरा: कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा 'ख'मा कांग्रेसका उमेदवार बिन्दु कुमार थापा विजयी भएका छन्। उनले १० हजार ७ सय २६ मत ल्याएर विजयी भएका हुन्।

उनका निकट्तम प्रतिद्धन्दी वाम गठबन्धनका साझा उमेदवार रहेका माओवादीका राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत प्राप्त गरेका छन्। थापा र गुरुङबीचको मतान्तर ८ सय २ रहेको छ।

विजयी थापा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन्। थापाले पोखरामा रहेर लामो समयदेखि रियलस्टेट र अटो व्यवसाय गर्दै आएका छन्। उनको क्षेत्रमा कांग्रेसका नरेश शंकर पालिखे वागी उमेदार समेत थिए। तर, थापाले वागी उमेदवार र वाम गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै बाजी मारेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell