PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक



नरहरि पौड्याल

एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक

पोखरा: एमाले नेता रवीन्द्र अधिकारीले कास्कीबाट ह्याट्रिक गरेका छन्। यसअघि लगातार २ पटक संविधानसभा चुनावमा विजयी भएका अधिकारीले यसपटकपनि क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका हुन्।

अधिकारी एमाले र माओवादी केन्द्रका सझा उमेदवार हुन्। उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजीत गरे। अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने उनका निकट्तम प्रतिद्धन्दी चालिसेले १८ हजार ६ सय ६१ मत पाएका छन्। ७० हजार ६ सय ५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो। अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन।



अधिकारीले २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजीत गरे भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरेका थिए। नेता अधिकारी बिकास समितिको सभापति भएर जिम्मेवारी समेत निर्वाह गरेका थिए। बिकास समितिको सभापति हुदा उनले विभिन्न विकास निर्माणका कामलाई गतिदिन सक्रिय भूमिका निर्वाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell