PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

यी हुन् कांग्रेसले चुनावमा गुमाएका ८ हेभी वेट



पहिलोपोस्ट

यी हुन् कांग्रेसले चुनावमा गुमाएका ८ हेभी वेट

काठमाडौं :  प्रतिनिधि सभाका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।
मत परिणाम सार्वजनिक हुने क्रममा कांग्रेसले विजयी हुने भनेर सूचीमा चढाएका हेभी वेटहरुसमेत हारको घानमा परेका छन्।

वाम गठबन्धनको विजयी लहरमा परी को को हेभिवेट बढारिए त चुनावी मैदानबाट?

मोहन बस्नेत

सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका मोहनबहादुर बस्नेत दोस्रो जितको तयारीमा थिए। बहालवाला सञ्चारमन्त्री समेत रहेका बस्नेतले अनेक तिकडम गरी चुनाव जित्छन् भनेर उनका शुभचिन्तक भन्ने गर्थे। तर, क्षेत्र नम्बर २ छोडेर १ मा लड्न आएका माओवादी नेता एवं पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटासँग उनको केही जोर चलेन। ह्याकुलोले च्याप्पेरै जित्ने उनको उद्घोष खेर गयो। बस्नेतलाई १० हजार ७०६ मतान्तरले हराउँदै पूर्वसञ्चारमन्त्री सापकोटा विजयी भए।

सापकोटाले ४० हजार ५०४ मत पाए भने बस्नेतले २९ हजार ७९८ मत पाए। 

डा शेखर कोइराला

कांग्रेसमा प्रभावशाली नेताका रुपमा चिनिएका डा शेखर कोइराला मोरङ ६ मा पुगिरहन्थे। चिकित्सक समेत रहेका उनी सर्वसाधारणसँग घुलमिल हुन्थे, उपचारमा पनि संलग्न हुन्थे। यस क्षेत्रमा पनि उनी यसरी नै लोकप्रिय बने। तर, वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितको अगाडि उनको लोकप्रियता धीमा बन्यो। शेखरलाई ६ सय ७५ मतले पराजित गर्दै पण्डित विजयी भए।

एमालेका लालबाबुले ३३ हजार ९ सय ४१ र काङ्ग्रेसका कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरे।

नवीन्द्रराज जोशी

काठमाडौंमा चिनिएका र लोकप्रिय नेता थिए नवीन्द्रराज जोशी। उद्योग मन्त्रीसमेत भएका उनी पार्टीमा पनि प्रभावशाली रुपमा चिनिन्थे। तर, उनको लोकप्रियता राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव भएका जीवनराम श्रेष्ठसँग कमजोर बन्यो।
काठमाडौँ ८ मा निरन्तर जित हासिल गर्दै आएका कांग्रेसका नवीन्द्रराज जोशी पराजित भए। यसअघि जोशीसँग पराजित एमालेका जीवनराम श्रेष्ठले नै जोशीलाई पराजित गरेका हुन्। जीवनरामले १३ हजार ३९७ मत पाए। जोशीले १२ हजार ९५३ मत पाए।

ध्यानगोविन्द रञ्जित

संविधान सभामा दुईपटक लगातार विजयी भएर रञ्जितले यस क्षेत्रमा र पार्टीमा आफ्नो प्रभाव जमाएका थिए। काठमाडौँ ९ मा यसपटक एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भए। रञ्जितसँग दुई पटक पराजित श्रेष्ठले तेस्रो पटकमा बदला लिएका हुन्। श्रेष्ठ दुईपटकको संविधानसभा निर्वाचनमा तेस्रो पटक पराजित भएका श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले २२ हजार ८५२ मत पाएका छन्। रञ्जितले १४ हजार ८०२ मत पाएका छन्।

चन्द्र महर्जन

ललितपुरका चन्द्र महर्जन पहिलो संविधान सभामा पराजित भए तर दोस्रो संविधानसभामा जितेरै आएका थिए। त्यसपछि भने कांग्रेसमा उनको प्रभाव  एकाएक बढ्यो। यसपटकको निर्वाचनमा आफूले अर्जेको प्रभाव भने उनले सम्हालेर राख्न सकेनन् र ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णलाल महर्जनसँग पराजित भए।

कृष्णलाल २७ हजार ७१३ मत ल्याएर विजयी भए। चन्द्रले १६ हजार ९४५ मत हासिल गरे।
 

महेश आचार्य

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आचार्यलाई बौद्धिक नेताका नेताका रुपमा चिनिन्छ। अर्थमन्त्री हुँदा चर्चामा आएका उनलाई माओवादीका अमनलाल मोदीले पराजित गरे। मोरङको क्षेत्र नम्बर ४ मा नेता आचार्यलाई ६ हजार ७ सय २९ मोदीले हराएका हुन्। मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत प्राप्त गरेका छन्।

अम्बिका बस्नेत

कांग्रेसको महिला संघको नेतृत्व समेत सम्हालिसकेकी र दुई पटक सांसद रहिसकेकी बस्नेत कांग्रेसमा चर्चित नेतृ नै हुन्। त्यसैले पनि उनले काठमाडौं क्षेत्र नम्बर ३ टिकट पाइन्।

तर नेकपा एमालेका कृष्णबहादुर राईले बस्नेतलाई ४ हजार भन्दा बढी मतान्तरले पराजित गरे। उनले १९ हजार १६९ प्राप्त गरेका छन् भने उनका निकटमत प्रतिस्पर्धी बस्नेतले १४ हजार ८८४ मत प्राप्त गरेकी छन्।
 

उदय शमशेर राणा

उदय शमशेर राणा तरुण दलको अध्यक्ष हुँदै नेपाली कांग्रेसमा प्रभावशाली नेता बने। राज्यमन्त्रीसमेत रहेका उनले ललितपुर १ मा विकास पनि गरेका छन्। त्यसपछि उनी यस क्षेत्रबाट निर्वाचित भए। यसपटक भने स्थानीय नेताहरुको व्यवस्थापन गर्न नसक्दा पूर्व डिआइजी नवराज सिलवाललाई जितबाट रोक्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell