PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

२ नम्वर प्रदेशबाट आयो पहिलो परिणाम, फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट विजयी



पहिलोपोस्ट

२ नम्वर प्रदेशबाट आयो पहिलो परिणाम, फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट विजयी

काठमाडौं : दोस्रो चरणमा निर्वाचन भएको प्रदेश नम्वर २ बाट पहिलो परिणाम आएको छ। संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचति भएका हुन्।

यादव वाम गठबन्धनबाट उठेका नेकपा माओवादीका उमेश कुमार यादवलाई झण्डै दोब्बर मतले पराजित गरे।

उपेन्द्र यादवले २१ हजार ६६० मत ल्याएर जित हासिल गर्दा माओवादीका उमेश कुमारले ११ हजार ५८० मत प्राप्त गरे। यस्तै स्वतन्त्र उम्मेदवार जय प्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत प्राप्त गरे।  

विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधान संशोधन, मधेशी, आदिवासी, दलित जनजाती, अल्पसंख्यक एवम् पछाडि पारिएका समुदायको हक अधिकार सुनिश्चित गर्नुका साथै सप्तरी जिल्लाको विकास र समृद्धिका लागि आफू सशक्त रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell