PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कसले बनाउला प्रदेशमा मुख्यमन्त्री, यस्तो छ ७ प्रदेशको प्रारम्भिक मतगणनाको अवस्था



पहिलोपोस्ट

कसले बनाउला प्रदेशमा मुख्यमन्त्री, यस्तो छ ७ प्रदेशको प्रारम्भिक मतगणनाको अवस्था

काठमाडौं : प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन एकै पटक भएका कारण प्रदेश सभा केही ओझेलमा परेको छ। प्रदेश सभामा निर्वाचित सदस्य नै प्रदेश सरकार चलाउनका लागि प्रदेशको मुख्यमन्त्री बन्नेछन्।

केही ठूला नेता सांसद पद छाडेर पनि प्रदेश सभाका चुनावी मैदानमा उत्रेका थिए। जसमा नेकपा एमालेबाट सञ्चारमन्त्री भइसकेका शेरधन राई, शंकर पोखरेल, राजेन्द्र पाण्डे लगायत छन्। यी तिन वटै नेताले प्रदेश सभा चुनाव जितिसकेका छन्। यस्तै अन्य प्रदेश सभा निर्वाचनको परिणाम समेत आउने क्रम जारी छ।

अहिलेसम्म कुन प्रदेशमा के के हुँदैछ?

प्रदेश १

प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ गरी कूल ९३ सिट छ। जसमा बहुमतका लागि ४७ सिट आवश्यक छ। त्यसमध्ये ३२ वटामा मतगणना भइरहेको छ भने १६ मा बाँकी छ। वाम गठबन्धनले ३ सिटमा विजयी भइसकेका छन् भने २६ स्थानमा अग्रता लिइरहेको छ। लोकतान्त्रिक गठबन्धनले जम्मा ३ स्थानमा मात्र अग्रता लिएको छ।

 

प्रदेश २

प्रदेश २ मा प्रत्यक्षतर्फ ६४ र समानुतिकतर्फ ४३ गरी कूल १०७ सिट छ। जसमा बहुमतका लागि ५४ सिट आवश्यक पर्नेछ। यस क्षेत्रमा अहिलेसम्म ३० स्थानको मतगणना हुँदा वाम गठबन्धन र मधेशी दलहरुले समान १२ स्थानमा अग्रता लिइरहेका छन् भने लोकतान्त्रिक गठबन्धनले ६ स्थानमा अग्रता लिएको छ।

 

प्रदेश ३

सात प्रदेश मध्ये सबैभन्दा बढी सिट भएको प्रदेश नम्वर ३ मा कूल ११० सिट छ। जसमा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ सिट छ। यसमा बहुमत ल्याउनका लागि ५६ सिट आवश्यक पर्छ। अहिलेसम्म मतगणना भएका ४१ स्थानमध्ये वाम गठबन्धनले ७ तथा लोक गठबन्धनले २ स्थानमा विजय हासिल गरेको छ। यसैगरी वामले २५ तथा लोकतान्त्रिक गठबन्धनले ७ स्थानमा अग्रता लिइरहेको छ।


प्रदेश ४

पर्यटकिय शहर पोखरा रहेको चार नम्वर प्रदेशमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ गरी कूल ६० सिट छ। यहाँ बहुमतका लागि ३१ सिट आवश्यक छ। अहिले सम्म प्रदेश ४ मा ३१ स्थानको मतगणना भइरहेको छ। जसमा वाम र लोकतान्त्रिक गठबन्धनले समान १ स्थानमा जित हासिल गरेको छ। यस्तै वाम गठबन्धनले १७ तथा लोकतान्त्रिकले ७ स्थानमा अग्रता लिइरहेको छ।

 

प्रदेश ५

प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी कूल ८७ सिट छ। यहाँ बहुमतका लागि ४४ सिट आवश्यक छ। अहिलेसम्म ४७ स्थानमा मतगणना भइरहेको छ। जसमध्ये वाम गठबन्धनले ५ स्थानमा जित हासिल गरिसकेको छ भने ३१ स्थानमा अग्रता लिइरहेको छ।  यस्तै लोकतान्त्रिक गठबन्धनले ९ तथा मधेशी दलहरुले २ स्थानमा अग्रता लिइरहेको छ।

 

प्रदेश ६

प्रदेश ६ सबैभन्दा कम सिट भएको प्रदेश हो। यहाँ प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी कूल ४० सिट छ। यहा बहुमतका लागि २१ सिट आवश्यक छ। अहिलेसम्म मतगणना भएका २० मध्ये वाम गठबन्धनले १२ स्थानमा विनय हासिल गरिसकेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ।  यस्तै १ स्थानमा विजयी भएको लोकतान्त्रिक गठबन्धनले १ स्थानमै अग्रता लिइरहेको छ।


प्रदेश ७

प्रदेश ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २७ गरी कुल ५३ सिट छ। जहा बहुमतका लागि २७ सिट आवश्यक छ। मतगणना भइरहेको ३१ मध्ये वाम गठबन्धनले ८ स्थानमा जित हासिल गरेको छ। वामले १९ स्थानमा अग्रता लिइरहदा लोकतान्त्रिक गठबन्धनले ४ स्थानमा अग्रता लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell