PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नारायणकाजीलाई ७ हजार १७४ मतान्तारले पराजित गर्दै बाबुराम गोरखा २ बाट निर्वाचित



पहिलोपोस्ट

नारायणकाजीलाई ७ हजार १७४ मतान्तारले पराजित गर्दै बाबुराम गोरखा २ बाट निर्वाचित

काठमाडौं : नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। भट्टराईले नेकपा माओवादीका नारायण काजी श्रेष्ठलाई ७ हजार १७४ मतान्तरले पराजित गरे।

कांग्रेस समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरे वाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले २४ हजार ९३३ मत पाए।

गोरखा २ मा कूल ६० हजार ११७ मत खसेकोमा २ हजार ६३८ मत बदर भएको थियो।

उम्मेद्वारी घोषणादेखि नै भट्टराई र श्रेष्ठको प्रतिस्पर्धालाई सबैले चासोको रुपमा हेरको थिए। श्रेष्ठले ७ हजार मत गन्नु अघि नै हार स्वीकार गर्दै भट्टराईलाई बधाई दिएका थिए।

भट्टराईको जितपछि नयाँ शक्ति नेपालले प्रतिनिधि सभा सदस्यमा खाता खोलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell