PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

पर्सा क्षेत्र नम्बर १ को प्रदेश क मा फोरम नेपालका जन्नत विजयी



पहिलोपोस्ट

पर्सा क्षेत्र नम्बर १ को प्रदेश क मा फोरम नेपालका जन्नत विजयी

वीरगंज : पर्साको क्षेत्र नम्वर १ को प्रदेशसभा (क) बाट फोरम नेपालका उम्मेदवार जन्नत अन्सारी विजयी भएका छन्।

अन्सारीले नेपाली काग्रेसका रामनारायण कुर्मीलाई १ हजार ३२२ मत अन्तरले पराजित गरी विजय हासिल गरेका हुन्। अन्सारीले ८ हजार ५८३ मत ल्याएका थिए भने कुर्मीले ७ हजार १७१ मत हासिल गरे।

माओवादीको रहबर अन्सारी ६ हजार ४९४ मतले तेस्रो स्थानमा रहे। अन्सारी यसअघि स्थानिय तह निर्वाचन अन्तर्गत विरगंज महानगरपालिकाको मेयर पदमा पनि पराजित भएका थिए।

जन्नत अन्सारीलाई विजयी घोषित गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले उनलाई प्रमाण पत्र प्रदान गरेको छ।

विजयी भएपछि जन्नत अन्सारीले प्रदेश सभा सदस्यमा घोषित हुँदा गौरबको कुरा भएको भन्दै वीरगंजलाई प्रादेशिक राजधानी बनाउन आफूले भुमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell