PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

पर्सा क्षेत्र नम्वर ४ (क) मा पुर्व सभासद जयप्रकाशलाई पराजित गर्दै शंकर चौधरी विजयी



पहिलोपोस्ट

पर्सा क्षेत्र नम्वर ४ (क) मा पुर्व सभासद जयप्रकाशलाई पराजित गर्दै शंकर चौधरी विजयी

वीरगंज : नेपाली कांग्रेसले पर्साको प्रदेश सभामा खाता खोलेको छ। पर्सा क्षेत्र नम्वर ४ (क)मा कांग्रेसका शंकर चौधरीले विजय हासिल गरेको हो।

एमालेका पुर्व सभासद जयप्रकाश थारुलाई पराजित गर्दै नेपाली कांग्रेसका पुराना नेता शंकर चौधरी निर्वाचित भएका छन्। शंकरले जयप्रकाशलाई ४४८ मत अन्तरले पराजित गरेका हुन्।

शंकरले ७४८८ मत ल्याएका थिए भने जयप्रकाशले ७०४० मत ल्याएका थिए। राजपाका रामचन्द्र पडित ५१२० मत ल्याएर तेस्रो स्थानमा रहे। जितसंगै पर्साका कांग्रेसीजनमा खुशीयाली छाएको छ।

थरुहट समुदायको बाक्लो बसोबास भएको ४(क)मा दुई चौधरीमध्ये यसपाली नयाँ अनुहारलाई विजयी गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell