PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी



पहिलोपोस्ट

रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

रुपन्देही : रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका विष्णु प्रसाद पौडेल विजयी भएका छन्। पौडेलले नेपाली कांग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतान्तरले पराजित गरे। पौडेलले गिरी भन्दा दोब्बर भन्दा बढी मत प्राप्त गरे।

नेकपा एमालेका उपमहासचिव समेत रहेका पौडेल ४४ हजार ३ मत ल्याई विजयी भए।

लोकतान्त्रिक गठवन्धनका उम्मेदवार युवराज गिरीले २१ हजार ९ सय ३७ मत प्राप्त गरे।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका एमाले उपमहासचिव पौडेल लगातार तेश्रो पटक यस क्षेत्रबाट (२०६४, २०७० र २०७४) निर्वाचित भएका हुन्।  

त्यसैगरी क्षेत्र नं २ ख बाट प्रदेशसभा सदस्यमा वामगठवन्धनका भोजप्रसाद श्रेष्ठ विजयी भएङ्का छन्। श्रेष्ठले २१ हजार १ सय ३५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका उम्मेदवार महेशमान सिंहले १२ हजार ५ सय ६५ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell