PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गोरखा १ मा अर्का काजी पराजित, वाम र लोकतान्त्रिकले जिते एक एक क्षेत्र



पहिलोपोस्ट

गोरखा १ मा अर्का काजी पराजित, वाम र लोकतान्त्रिकले जिते एक एक क्षेत्र

काठमाडौं : गोरखा क्षेत्र नम्वर १ को प्रतिनिधि सभामा वाम गठबन्धनका उम्मेदवार हरिराज अधिकारी विजयी भएका छन्। उनले २९ हजार ८ सय ६० मत ल्याएर जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत ल्याए।

यसअघि गोरखा २ मा माओवादीका नारायणकाजी नयाँ शक्तिक बाबुरामसँग पराजित भएका थिए।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट डाक्टर बाबुराम भट्टराईले ३१ हजार ८ सय सात मत ल्याएर श्रेष्ठलाई पराजित गरे। पराजित भएका श्रेष्ठले २४ हजार ३ सय ३३ मत ल्याए।

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले १-१ क्षेत्रमा जित हासिल गरेका हुन्।

प्रदेश सभातर्फ गोरखा १ को क मा वाम गठबन्धनका लेख बहादुर थापा मगर १६ हजार ५ सय ५८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका धिरन थापा १४ हजार ९ मत ल्याएर पराजित भए।

प्रदेश सभा गोरखा १ को ख मा वाम गठबन्धनका रामशरण बस्नेत १६ हजार ६ सय ५६ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका राजेन्द्र बजगाई १३ हजार १ मत ल्याएर पराजित भए।

त्यस्तै गोरखा २ को क मा नयाँ शक्ति पार्टीका हरिशरण आचार्य १५ हजार ३ सय ४५  मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्धन्द्धि वाम गठबन्धनका कमला नकर्मी १२ हजार ६५ मत ल्याएर पराजित भइन्।

गोरखा २ को क मा नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाडि १५ हजार ८ सय ५३ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्धन्दि वाम गठबन्धनका उम्मेद्वार अमर बहादुर गुरुङ १३ हजार ४ सय ११ मत ल्याएर पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell