PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कास्की क्षेत्र नम्वर ३ मा एमालेका जगत सुनार विजयी



पहिलोपोस्ट

कास्की क्षेत्र नम्वर ३ मा एमालेका जगत सुनार विजयी

काठमाडौं : कास्की ३ प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार जगत बहादुर सुनार(विश्वकर्मा)  विजयी भएका छन्। नेकपा एमालेका नेता सुनार ३२ हजार ६९० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका शुक्रराज शर्मा २४ हजार ३०४ मत पाएर पराजित भए।

प्रदेश सभाको कास्की २ मा नेपाली कांग्रेसका विन्दु कुमार थापा १० हजार ७ सय ५६ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्धन्द्धि वाम गठबन्धनका उम्मेद्वार ९ हजार ९ सय २४ मत ल्याएरु पराजित भए।

यसअघि कास्की २ मा वाम गठबन्धनका तर्फबाट रविन्द्र अधिकारी २७ हजार २ सय सात मत ल्याएर विजयी भइसकेका छन्। उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका देवराज चालिसे १८ हजार ६ सय ३१ मत ल्याएर पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell