PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

बाँकेमा आफ्नै आन्दोलनकारी मित्रलाई पराजित गरे फोरम नेपालका इस्तियाकले



पहिलोपोस्ट

बाँकेमा आफ्नै आन्दोलनकारी मित्रलाई पराजित गरे फोरम नेपालका इस्तियाकले

काठमाडौं : बाँके क्षेत्र नम्वर २ प्रतिनिध सभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका नेता मोहम्द इस्तियाक राई विजयी भएका छन् ।

उनले वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्रलाई पराजित गरेका हुन्। राईले २१ हजार ५ सय ७५ मत पाए भने मिश्रले १५ हजार ९ सय ५१ मत ल्याए।

मधेश आन्दोलनबाट राजनीतिमा चर्चामा आएका इस्तियाक पहिलो संविधान सभाको निर्वाचनमा पनि फोरमबाटै विजयी भएका थिए।

राईसँग पराजित हुने मिश्र पनि निर्वाचनअघिसम्म आन्दोलनमै थिए।

मिश्र हृदयेश त्रिपाठीसँगै एमालेतिर लागेका थिए।

फोरम नेपालबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुने राई दोस्रो नेता हुन्। यसअघि फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट विजयी भइसकेका छन्। 
 

यसैगरी बाँके क्षेत्र नं. २ प्रदेश (क) मा पनि फोरम नेपालकै विजयबहादुर यादव विजयी भएका छन्। उनले ११ हजार ५७४ मत ल्याएर जित हासिल गरे। उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका नेपाली कांग्रेश निरञ्जनसिंह सिजापतिले ७ हजार ७५१ मत ल्याए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell