
- राकेश कुमार मिश्र
नेपालगज : प्रदेश नम्वर ५ अन्तर्गत रहेको जिल्ला बाँकेमा प्रतिनिधि र प्रदेश सभामा मिश्रित नतिजा आंइरहेको छ। तीन निर्वाचन क्षेत्र रहेको बाँके २ मा फोरम नेपालका मोहम्द इस्तियाक राई विजयी भइसकेका छन्।
यसैगरी बाँके क्षेत्र नम्वर १ को प्रदेश (क) मा केसी विजयी वाम गठवन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका कृष्णा केसी विजयी भएका छन्।
उनले १३ हजार ४३६ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेशका शरदचन्द्र बर्माले १० हजार २४० मत पाए।
बाँके ३ प्रदेश (क) मा पनि वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्दं)का इन्द्रप्रसाद खरेल विजयी भएका छन्। खरेलले १६ हजार ६७५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत ल्याए।
यसैगरी बाँके क्षेत्र नं. २ प्रदेश (क) मा पनि फोरम नेपालका विजयबहादुर यादव विजयी भएका छन्। उनले ११ हजार ५७४ मत ल्याएर जित हासिल गरे। उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका नेपाली कांग्रेश निरञ्जनसिंह सिजापतिले ७ हजार ७५१ मत ल्याए।
बाँके क्षेत्र नं २ प्रदेशसभा सदस्य (ख) मा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमाल विजयी भएका छन्।
हमालले ९ हजार २११ मत प्राप्त प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेस गुप्ताले ८ हजार ४३२ मत पाए।