PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रिमियर लिग : टोटनहमको ५ गोल, नोभेम्वर यता पहिलो जित



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहमको ५ गोल, नोभेम्वर यता पहिलो जित

प्रिमियर लिग अन्तर्गत शनिबार भएकव खेलमा टोटनहमले स्टोक सिटीलाई ५-१ ले पराजित गरेको छ। वेम्वली मैदानमा भएकव खेलमा टोटनहमलाई फरिकलो जित दिलाउन ह्यारी केनले २ तथा हेन मिन सन र क्रिस्टियन एरिक्सनले १-१ गोल गरे।

टोटनहमलाई एक आत्मघाती गोल उपहार दिएका राएन सक्रवसले स्टवकका लागि सान्त्वना गोल फर्काए।

नोभम्वर ५ मा क्रिस्टल प्यालेसलाई हराए यता प्रिमियर लिगमा टोटनहमको यो पहिलो जित हो।

जितपछि १५ खेलबाट २८ अंक जोडेको टोटनहम लण्डन क्लब आर्सनललाई गोलअन्तरमा पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ। एक खेल कम खेलेको आर्सनल छैटौँ स्थानमा झरेकव छ।

यस्तै वाटफोर्डलाई १-० ले पराजित गर्दै बर्नली सातौँ स्थानमा उक्लेको छ। बर्नलीले १५ खेलबाट २८ अंक नै जव८को छ। तर गोल अन्तरमा भने पछि छ। २२ अंक जोडेको वाटफोर्ड आठौँ स्थानमा झरेको छ।

लिगकै अन्य खेलमा हडर्शफिल्ड टाउनले आराइटनलाई २-० ले स्वान्सि सिटीले वेष्टब्रोमलाई १-० ले पराजित गरेको छ। क्रिस्टल प्यालेस र एएफसी बर्नमाउथले २-२ गोलको बराबरी खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell