PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

ला लिगा : बार्सिलोनासँग अंक दूरी छोट्याउँदै भ्यालेन्सिया



पहिलोपोस्ट

ला लिगा : बार्सिलोनासँग अंक दूरी छोट्याउँदै भ्यालेन्सिया

भ्यालेन्सियाले सेल्टाभिगोलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी कम गरेको छ। घरेलु मैदान सिमोन जाजा र ड्यानिएल परेजोले १-१ गोल गरे। सेल्टाका लागि इगो असपासले १ गोल गरे।

जितपछि भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी २ मा झारेको छ। तर बार्सिलोनाले भ्यालेन्सियाभन्दा एक खेल कम खेलेको छ।

१४ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ। १५ खेलबाट २४ अंकका साथ भ्यालेन्सिया दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियल मड्रिडमाथि ३ अंकको अग्रता कायम गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell