PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

कांग्रेसले थप्यो दुई सिट : रौतहट २ मा मोहम्मद अफताव आलम र रुपन्देही ५ मा भरत शाह विजयी



पहिलोपोस्ट

कांग्रेसले थप्यो दुई सिट : रौतहट २ मा मोहम्मद अफताव आलम र रुपन्देही ५ मा भरत शाह विजयी

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा थप दुई स्थानमा जित हासिल गरेको छ। कांग्रेसका मोहम्मद अफताव आलम रौताहट २ तथा भरत शाह रुपन्देही ५ बाट विजयी भएका हुन्।

यससँगै कांग्रेसकव विजयी प्रतिनिधि सभा सदस्य संख्या ८ पूगेको छ।

रौताहट २ मा मोहम्मद आलम १८ हजार ८३३ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धि १६ हजार ८६५ मत प्राप्त गरे। यस्तै एमालेका मो मुस्ताक आलमले १३ हजार ८८३ मत पाए।

यसैगरी भरत शाह रुपन्देही क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले ३३ हजार ८८ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गरे।

यस्तै संघि समाजवादी फोरमका वकिल मुसलमानले १४ हजार १२१ मत ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell