
काठमाडौँ: गुल्मीका प्रतिनिधिसभाका २ प्रदेशसभाका ४ वटै निर्वाचन क्षेत्र वाम गठबन्धनले जितेको छ। प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा एमालेका प्रदीप ज्ञवाली सात हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। ज्ञवालीले निवर्तमान सांसद् चन्द्र भण्डारीसँग संविधानसभा सदस्य निर्वाचन ०७० को हारको बदला समेत लिए।
यस्तै, क्षेत्र नम्बर २ मा पनि एमालेकै गोकर्ण विष्ट भारी मतान्तरले विजयी भए। विष्टले ३४ हजार ६१८ मत पाए। उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र बहादुर केसीले २० हजार १५७ पाए।
प्रदेशका चारवटै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ। प्रतिनिधिसभा क्षेत्र १ को प्रदेश क’मा एमालेका माओवादी केन्द्रका सुदर्शन बराल निर्वाचित भए। बरालले १७ हजार ९१० मत पाए। प्रदेशको ख’मा एमालेका कमलराज श्रेष्ठ विजयी भए। श्रेष्ठले १९ हजार ५९१ मत पाए।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का प्रदेशतर्फको क’मा एमालेका खड्गबहादुर खत्री र ख’मा माओवादीका दिनेश पन्थी विजयी भए। खत्रीले १६ हजार १६५ मत प्राप्त गरे। पन्थीले १७ हजार ६०१ मत पाए।