
काठमाडौं : सिन्धुली क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल विजयी भएका छन्।
कांग्रेसका नरेन्द्रजंग थापालाई पराजित गर्दै गजुरेल विजयी भएका हुन्। गजुरेलले ३० हजार १७९ मत पाएका छन् भने थापाले १८ हजार १२७ मत ल्याएका छन्।