कपिलवस्तु: कपिलवस्तु क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका बृजेश कुमार गुप्ता विजयी भएका छन्।
गुप्ताले ३५ हजार १४७ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आर्चायले ३१ हजार ५६६ मत ल्याएका छन्। राजपा परित्याग गरि गुप्ता एमालेको चुनाव चिह्नमा निर्वाचनमा होमिएका थिए।