PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पर्वतमा वाम गठबन्धनद्वारा ‘क्लिनस्वीप’ 



पहिलोपोस्ट

पर्वतमा वाम गठबन्धनद्वारा ‘क्लिनस्वीप’ 

पोखरा: पर्वतका सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा एमालेका पदम गिरी विजयी भएका छन्। एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष समेत रहेका गिरीले कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी पराजित गरेका छन्। जोशीले पर्वतमा यसअघि लगातार तीन निर्वाचन जितेका थिए। गिरीले जोशीलाई १२ हजार ४ सय ५६ मतान्तरले पराजित गरेका हुन्। 

गिरीले ३९ हजार २७५ मत प्राप्त गरेका छन्। जोशीले २६ हजार ८१९ मत पाए। 

प्रदेशसभा १ मा गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारी विजयी भएका छन्। अधिकारीले नेपाली कांग्रेसका पूर्व जिल्ला सभापाति नवराज गुरुङलाई ४ हजार ८२३ मतान्तरले पराजित गरेका हुन्। अधिकारीले २१ हजार ५०८ मत प्राप्त गरेका छन्। गुरुङ यो सहित लगातार तीन पटक पराजित हुन पुगेका छन्। 

यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेश कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन्। लम्सालले कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका राजेन्द्र तिवारीलाई २ हजार ८२ मतान्तरले पछि पारेका थिए। लम्सालले १५ हजार ४३४ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell