PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

रामेछापका तीनवटै क्षेत्र वाम गठबन्धनको पोल्टामा



पहिलोपोस्ट

रामेछापका तीनवटै क्षेत्र वाम गठबन्धनको पोल्टामा

काठमाडौँ: रामेछापका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जित हासिल गरेको छ। प्रदेशतर्फ यसअघि नै एमालेका दुई उम्मेदवार विजयी भइसकेका थिए। मतगणना जारी रहेको प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ निर्वाचित भए। 

श्रेष्ठले ४२ हजार ११७ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी पूर्णबहादुर तामाङले ३५ हजार ७७१ मत पाए।  

प्रदेशतर्फ क’मा एमालेका शान्तिप्रसाद पौडेल विजयी भएका छन्। पौडेलले २२ हजार ३६९ मत पाए। निकटतम प्रतिस्पर्धी कांग्रेसका रत्न बहादुर कार्कीले १६ हजार ५८ मत पाए। यस्तै, प्रदेशतर्फको ख’मा एमालेका कैलाश प्रसाद ढुङ्गेलले २६ हजार ९३५ पाएका छन््। कांग्रेसका १४ हजार ७२९ मत पाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell