PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

विश्वप्रकाश शर्मा झापा १ मा पराजित, गठबन्धनका सुरेन्द्र कार्की विजयी



पहिलोपोस्ट

विश्वप्रकाश शर्मा झापा १ मा पराजित, गठबन्धनका सुरेन्द्र कार्की विजयी

काठमाडौँ: झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्की विजयी भएका छन्। कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

कार्कीले ३६ हजार १७३ मत पाए। शर्माले ३३ हजार ३१० मत पाएका छन्। कार्की र शर्माको मतान्तर २८ सय ६३ छ।

कार्की पहिलो संविधानसभा निर्वाचनमा ताप्लेजुङ १ बाट पराजित भएका थिए। ०७० मा समानुपातिक सांसद् थिए। 

शर्मा भने ०७० को संविधानसभा सदस्यमा एमालेका रविन कोइरालासँग पराजित भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell