
काठमाडौं : कांग्रेसको किल्ला मानिएको नुवाकोटमा वाम गठबन्धनले क्लिन स्विप गरेको छ।कांग्रेसका हेभिवेट उम्मेदवार मानिएका डा रामशरण महत र अर्जुननरसिंह केसीले आफ्नो किल्ला जोगाउन सकेनन्।
क्षेत्र नम्बर एकमा हितबहादुर तामाङ ३६ हजार ४७३ मत ल्याएर विजयी भए। महत २७ हजार ९२० मा खुम्चिए। सोही क्षेत्रको प्रदेश क मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १ ३७ मतका साथ विजयी भइन् भने प्रदेश ख मा एमालेका बद्री मैनाली २० हजार ५०९ मतकासाथ विजयी भए।
यता क्षेत्र नम्बर २ मा अर्जुननरसिंह केसीलाई पराजित गर्दै एमालेका नारायणप्रसाद खतिवडा विजयी भएका छन्।खतिवडाले ३६ हजार ८९२ मत पाए भने अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत पाए।
यसैगरी क्षेत्र २ को प्रदेश क मा एमालेका केशव पाण्डे १५ हजार ६३० मत पाएर विजयी भए। प्रदेश ख मा माओवादीका हीरानाथ खतिवडा १७ हजार ६२ मतका साथ विजयी भए। उनका प्रतिद्वन्दवी कांग्रेसका जगत तामाङले १४ हजार ५२ मत पाए।