काठमाडौं : कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणालाई पराजित गर्दै नेकपा एमालेका नारदमुनि राना विजयी भएका छन्।
२७ हजार २०२ मत प्राप्त गरी राना विजयी भएका हुन्। आरजु ४ हजार ८८० मतले पराजित भईन् । उनले २२ हजार ३२२ मत प्राप्त गरेकी छन्।
त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मण चौधरीले ६ हजार ७४७ मत पाएका छन् भने विवेकशील साझा पार्टीका दिनेश भण्डारीले २ हजार ७२२ मत पाएका छन्।
९१ हजार ८१८ मतदाता रहेका कैलाली ५ मा ६२ हजार ५६१ मत खसेको थियो।
