मंसीर २९ गतेदेखि प्रदर्शन हुने फिल्म 'माइ लभ' युनिट अहिले मोफसल यात्रामा छ। प्रचारका लागि काठमाडौं बाहिका विभिन्न शहरमा रहेको फिल्म युनिटले दर्शकको ध्यानाकर्षण गर्ने नयाँ अस्तु प्रयोग गरेको छ।
माइ लभ हेर्ने दर्शकलाई जापान लाने अफर युनिटले सार्वजनिक गरेको हो। फिल्म हेरिसकेका दर्शकहरुमध्य कोही एकलाई गोलाप्रथाद्वारा जापान जाने अवसर प्राप्त हुने फिल्म युनिटले जनाएको हो। जसको लागि फिल्म दर्शकले टिकट नं र हलको नाम 'माइ लभ'को फेसबुक पेजमा ट्याग वा मेसेज गर्नुपर्नेछ। भाग्यशाली विजेताले आगामी अप्रिल २५ तारिकमा जापानमा हुने माइ लभको प्रिमियरमा सहभागी हुन पाउनेछन्।
हाल फिल्म युनिट प्रचार प्रसारको लागि पोखरामा छ। फिल्मलाई जापानी फिल्म मेकर तोसिआकी इतोहले निर्देशन गरेका हुन्। गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगाएतका कलाकारले फिल्ममा अभिनय गरेका छन्।
