प्योङ्याङ : उत्तर कोरियाको राजधानी प्योङ्याङको भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका एकजना विशेष दूतले उत्तर कोरियालाई सञ्चारका सबै संयन्त्रहरु खुला राख्न आग्रह गरेका छन्।
उनले उत्तर कोरियालाई संसारसँग वा संयुक्त राष्ट्रसंघसँग सम्बन्ध र सञ्चारका सबै संयन्त्रहरु आवश्यक मात्रामा खुला राख्न आग्रह गरेका हुन्।
उनले भनेका छन्,‘आफ्नो मात्र अनुमान र संसारको अध्ययन नै नगरी आफ्नो मात्र मनगणन्ते बिचारका आधारमा आणविक परीक्षणजस्तो घातक काम नगर्नु, बाहिरी संसारको अध्ययान पनि गर्नु।’
कोरियाली केन्द्रीय समाचार संस्था (केसिएन्ए) ले संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टम्यानले दुई दिनदेखि उत्तर कोरियाको भ्रमण गरेका हुन्।
भ्रमणका क्रममा भएका द्विपक्षीय वार्ताले उत्तर कोरिया र संयुक्त राष्ट्रसङ्घको सचिवालयबीच आपसी समझदारीमा वृद्धि भएको जानकारी उत्तर कोरियाले दिएको थियो। भ्रमणलाई दुबै पक्षले स्वभाविक र आवश्यक रहेको महशुस गरेको पनि जनाएका थिए।
निकै लामो समयपछि संयुक्त राष्ट्रसंघको उच्च अधिकारीबाट भएको यस भ्रमणबाट दुबै पक्षबीच विश्वासमा वृद्धिगर्न सफलता मिलेको भन्दै यस्तो भ्रमणहरु निरन्तर रुपमा आदानप्रदान हुनुपर्नेमा जोड दिएका थिए।
उपमहासचि जेफ्रे फेल्टम्यानले राष्ट्रसंघको यति उच्च तहको अधिकारीबाट सन् २०१० पनि पहिलोपटक उत्तर कोरियाको यो भ्रमण गरेका बताइएको छ।
उपमहासचिव जेफ्रे फेल्टम्यानसहितका राष्ट्रसङ्घीय केही उच्च पदाधिकारीले यही डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए।
भ्रमणका क्रममा उनीहरूले उत्तर कोरियाका विदेशमन्त्री, उपविदेशमन्त्री, विदेश मन्त्रालयका अन्य विशिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए।
भेटमा भएका द्विपक्षीय वार्ताहरुमा कोरियाली प्रायद्वीपको सङ्कटका बिषयमा छलफल भएको र समस्याको शान्तिपूर्ण समाधानका लागि अधिकारीहरुले जोड दिएका पनि प्राप्त जनाइएको छ। रासस/सिन्ह्वा
