PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

भारतीय अर्धसैन्य बलका एक जवानले गरे आफ्नै चारजना साथीको हत्या



पहिलोपोस्ट

भारतीय अर्धसैन्य बलका एक जवानले गरे आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली :  भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन्।

सैन्य बलको केन्द्रीय शिविर भित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् । 

शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो। आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए। 

छत्तिसगढ राज्यका बरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार घटना के कसरी र किन भयो भन्ने बारेमा अहिले केही स्पष्ट नभएको र  अनुसन्धान सुरु भएको जानकारी दिए। 

उनले दिएको जानकारीअनुसार सो सैन्य बलमा बन्दुक प्रहार गरी हत्यागर्ने ३५ वर्षीय सनाथ कुमारलाई पक्राउ गरिएको र सोधपुछ सुरु गरिएको पनि जानकारी दिएका छन्। 

छत्तिसगढका मुख्यमन्त्रीले ट्वीटरमार्फत् घटनाको भत्र्सनागर्दै दोषीलाई कारबाही गर्ने बताएका छन्। छत्तिसगढ राज्य माओवादी प्रभावित क्षेत्र मानिन्छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell