PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

राप्रपाले खोल्यो खाता : राजेन्द्र लिङ्देनले बदला लिए कृष्ण सिटौलासँग



पहिलोपोस्ट

राप्रपाले खोल्यो खाता : राजेन्द्र लिङ्देनले बदला लिए कृष्ण सिटौलासँग

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फ खाता खोलेको छ। झापा ३ बाट राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले जित दर्ता गरेका हुन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई १३ हजार ४४३ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले ४४ हजार ६१४ मत पाए भने सिटौलाले ३१ हजार १७१ मत पाए। 

ताप्लेजुङमा जन्मिएका लिङ्देन झापाको राजनीतिमा तीन दशकदेखि सक्रिय छन्। २०२२ सालमा जन्मिएका उनले २०३९ सालदेखि राजनीतिक पाइला अघि बढाएका हुन्। 

२०४९ र ०५४ को स्थानीय निर्वाचनमा जनप्रतिनिधि चयन भइसकेका लिङ्देन २०६० सालमा तत्कालीन राजाले मनोनित गरेका जिल्ला विकास समिति सभापति हुन्।

प्रतिनिधिसभा सदस्यमा उनको यो तेस्रो उम्मेदवारी हो। ०५६ मा पराजित लिङ्देन २०७० को संविधानसभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौलासँग पराजित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell